Thursday, May 19, 2016

बोको हरामको अपहरणमा परेकी अर्की एक छात्राको २ वर्षपछि उद्धार |

काठमाडौँ, ७ जेठ - नाइजेरियमा हिंसात्मक गतिविधि गर्दै आएको बिद्रोही संगठन बोको हरामले अपहरण गरेको दुई वर्षपछि अर्की छात्राको उद्धार गरिएको छ।

सेरा लुका नाम गरेकी छात्राको उद्धार गरिएको त्यहाँका सुरक्षाकर्मीले जनाएका छन्। यस अघि बिहीबार पनि अमिना नामकी एक छात्राको उद्धार गरिएको थियो। यो सँगै बोको हरामले अपहरण गरेका दुई छात्राको उद्धार भएको छ।

पहिले अपहरण गरेका नियन्त्रणमा राखेका दुई सय १९ स्कुले छात्रा मध्ये दुईको उद्धार भएको हो। सन् २०१४ को अप्रिल १४ मा उत्तर पूर्वी नाइजेरियाको चिबोकमा रहेको एक स्कुलबाट बोको हरामले दुई सय ७६ स्केले छात्रालाई अपहरण गरेकामा केही छात्रा त्यसबेला नै भागेका थिए।